२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

१३ हजार घुससहित प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालयले एक प्रहरी हवल्दारलाई खुस सहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय खजुरा खुर्दमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वाल रहेको शाखा अधिकृत श्रीधर टण्डनले जानकारी दिएका छन् ।

प्रहरी हवल्दार द्वालले साविक निजि जग्गामा रहेको आँप जातका रुख चिरान मिल र ईट्टा भट्टामा लैजानका लागी सहजीकरण गरीदिने भन्दै सेवाग्राही संग घुस वापत १३ हजार रुपैया मागेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको अख्तियारको टोलीले पक्राउ गरेको शाखा अधिकृत टण्डनले जानकारी दिएका छन् ।

उनलाई बाँके जानकी गाउँपालिका वडा नम्वर ३ मानपुर स्थित लक्ष्मी कोल्ड स्टोरबाट शुक्रवार रङगेहात नियन्त्रणमा लिईएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको कार्यालयले बताएको छ ।