२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बबईका सामुदायिक तथा संस्थागत बिद्यालय पुनः बन्द हुने

बबई गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालय पुनः बन्द हुने भएका छन् ।

कोरोना भाइरस महामारीको कारण लामो समय देखि बन्द भएर गत असोज ११ गतेदेखि सञ्चालन हुँदै आएका विद्यालय समुदाय स्तरमा छिटफुट रुपमा कोरोना भाईरस पोजेटिभ देखिएकोले बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखि यहि असोज २५ गतेदेखि अर्को सुचना जारी नभएसम्म बिद्यालय बन्द गर्ने निर्णय भएको बबई गाउँपालिका शिक्षा शाखाले सुचना जारी गरी जानकारी दिएको छ ।

बैकल्पिक शिक्षण सिकाई रेडियो शिक्षा शिक्षण कार्यक्रम भने पुर्व निर्धारित समय तालिका अनुसार साबिक बमोजिम जारी रहने बबई गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन दाहाल जानकारी दिनुभयो ।