२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्य गम्भिर

स्वासप्रस्वासमा गम्भिर समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी सचेतक चौधरीको स्वास्थ्यमा सुधार नआएपछि गएरातिदेखि आईसीयुमा सारिएको हो । चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

‘असोज १८ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि चेक गराउँदा असोज १९ गते कोरोना पुष्टि भयो,’ चौधरीका स्वकीय सचिव सन्तोष दहितले भने–‘ बाहिर राखेर उपचार गराउँदा झनै समस्या भएपछि हिजोसाँझबाट आईसीयुमा राखिएको छ ।’

चौधरीलाई निमोनिया देखिएपछि उपचारमा झनै समस्या देखिएको दहितले बताए ।