२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

लुम्बिनी राजधानीको व्यवस्थापनका लागि स्थलगत अध्ययन सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापनका लागि दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका र दाङको गढवा गाउँपालिकाको विभिन्न स्थानको अध्यन सुरु गरिएको छ ।

शनिवार पुर्वाधार विकास प्राधिकरणसहितको टोलीले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी, लालमटिया, घण्टदेव, पाखापानी, शितगंगा नगरपालिकाको लापे, सातमारा,गढवा गाउँपालिकाको कालाकाटे पश्चिमका क्षेत्रको अवलोकन गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, लुम्विनी प्रदेशका सांसद ईन्द्रजित चौधरीले पुर्वाधार विकास प्राधिकरणसहितको टोलीलाई सम्भावित क्षेत्रको अवलोकन गराउनु भएको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापनका लागि पुर्वाधार विकास प्राधिकरणको कार्यालय सुचारु गर्नका लागि विभिन्न स्थानको भौतिक संरचना तथा कार्यालय क्षेत्रको सम्भाब्यता समेत खोजी गरिएको छ ।

प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैया, मुख्यमन्त्रि कार्यालयका सचिव भरतमणि सुवेदी, प्रदेश पूर्वाधार प्राधिकरणका बासु पौडेल, गौतम बुद्ध विमानस्थल भैरहवाका निर्देशक टेकराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, तीन पालिकाका जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।