२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

‘कोरोना थेग्नै नसकिने भइसक्यो, प्रधानमन्त्रीज्यू ! केही त गर्नोस्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कोरोना महामारी नियन्त्रणबाहिर गइसकेको भन्दै यस विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष आग्रह गरेका छन्।

यो अवस्था आउन नदिन आफूहरूले पटकपटक आग्रह गरेको भए पनि प्रधानमन्त्रीले यसमा चासो नदिएको उनको आरोप छ।

कांग्रेसका केन्द्रीय सदस्य थापाले फेसबुकमा लेखेका छन्, ‘समय, स्रोत, सहयोग सबै थियो। तर तपाईंको सोच र शैलीका कारण जटिल अवस्थामा पुगेका छौं। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्नेजस्तो अवस्थामा पुगेका छौं।’

उनले अगाडि आग्रह गरेका छन्, ‘कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं। तर केही त गर्नुस् प्रमज्यू !’

एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ…

Gepostet von Gagan Thapa am Donnerstag, 8. Oktober 2020