२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शिवालिकको अध्यक्षमा श्रेष्ठ

तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ संचालक समिति चयन गरेको छ ।

साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु खत्री, शरण थापा र डम्वर विसिलाई संचालक समितिको सदस्यमा चयन गरेको हो । त्यसैगरी लेखासमिति संयोजकमा धन बहादुर बुढाथोकी र ऋण उपसमिति संयोजकमा श्याम घलेलाइ चयन गरिएको हो ।

संस्थाका अध्यक्ष विजय केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न साधारणसभामा उत्कृष्ट ऋणिहरुका तर्फबाट लिलाधर शर्मा र टिका पाण्डेलाई सम्मानित गरिएको थियो । अनुपकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा सचिवको प्रतिवेदन देव वहादुर केसी र कोषाध्यक्षको प्रतिवेदन तुफानबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए ।