२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

मृगौला पिडित ८ बर्षिय बालक प्रेम विक

दंगिशरण ७ रजपलका प्रेम विक भर्खर ८ बर्ष भए । साथीभाईसंग खेल्ने, डुल्ने, रमाउने, पढ्ने उमेरमा मृगौल सुन्निने रोगबाट थलिएका छन् । विगत २ बर्ष देखि मृगौलामा समस्याका कारण शरिरीर सुन्निने समस्या भोग्दै आएका छन् ।

औषधी खादा निको भएको जस्तो हुने र औषधी खान छोडे पुरै शरिरीर सुन्निने समस्याबाट पिडित भएका छन् । आर्थिक अवस्था कमजोर रहेका आमा उमा विकका कान्छा हुन प्रेम विक ।

ज्ञान ज्योती प्रावि बोगटीमा कक्षा ३ मा अध्ययनरत प्रेमलाई सानै उमेरमा मृगौला सुन्निने रोग कारण अध्ययन गर्न पनि समस्या परेको छ । मृगौगा पिडित प्रेमलाई दाङको राप्ति विज्ञान प्रतिष्ठान घोराही र बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पनि उपचार गराइएको उनकी आमा उमाले बताईन् । घोराही र कोलपुरका डाक्टरले काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार लैजान सल्लाह दिएको तर आर्थिक अभाव कारण समस्या परेको उमाले बताईन् ।

सम्पतीको नाममा एक कठ्ठा ऐलानी जग्गा र एक छाने सानो घर छ उमा विकको । श्रीमानले अर्की विहे गरेर कान्छीसंग बबईको हंसपुरमा बस्छन् । बुढाले कान्छा विहे गरे पछि दंगिशरणको रजपल आएका उमालाई विगत २ बर्ष देखि कान्छा विरामी हुदा उपचार गराउन साह्रै अप्ठेरो परेको छ । कहिले काही बुढाले सहयोग गरेपनि २ वटा छोराहरुले ज्याला मजदुरी गरेको रकमले हाल सम्म कान्छा छोरा प्रेमको औषधी उपचार गरिरहेकी छिन् । हाल सम्म प्रेमको उपचारमा ३ लाख जती खर्च भईसकेको उमाले बताईन् ।

‘छोरालाई औषधी खुवाउदा सम्म निको हुन्छ, औषधी खान छोडे शरिरीर आफै सुन्निने गर्छ’, आमा उमाले भनिन्, – ‘छोरालाई कसरी बचाउने होला, हामी गरिब दुखीलाई भगवानले पनि हेला गर्ने रैछन् ।’ ८ बर्षिय छोरा प्रेमलाई बचाई दिन आमा उमाले सबैलाई आग्रह गरेकी छिन् । विदेशबाट दिदी देवी विकले प्रेमबाबु बचाउँ अभियान सञ्चालन गरि रकम जम्मा गरेर ६० हजार पठाइएको रकमले केही दिन अघि औषधी उपचार गरेको तर अन्य कसैले अहिले सम्म आर्थिक सहयोग नगरेको उनले बताइन् ।

औषधीले मात्र खाएर रोग निको नहुने झन मृगौलामा समस्या पर्ने भएकाले काठमान्डौ लगेर उपचार गराउन डाक्टरले सल्लाह दिएकाले आर्थिक सहयोग गरिदिन आमा उमाले सबैलाई अनुरोध गरेछिन् । सहयोग गर्न चाहनेले उमा विकको नाममा रहेको कुमारी बैङक तुलसीपुर शाखाको खाता नं. ०२७००६२४४१६०००१ मा रकम जम्मा गरिदिन र मोबाईल नं. ९८०९७१७६१२ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरिएको छ ।