२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

पश्चिमदाङको शान्ति सुरक्षा मजवुत बनाउन खटिएका प्रहरी निरिक्षक केसी

पश्चिमदाङको शान्ति सुरक्षा मजवुत बनाउन ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसी खटिएका छन् । पश्चिदाङबासीलाई सुरक्षाको प्रत्याभुती दिलाउन आफु दिन रात खटिएको प्रहरी निरिक्षक केसी बताउँछन् । जुवातास, लागू पदार्थ दुव्र्यसनी नियन्त्रण गर्न प्रहरी निरिक्षक केसीले अझ बढी सक्रियता बढाएका छन् । विभिन्न स्थानबाट जुवातास खेल्दै गरेको र लागू पदार्थ दुव्र्यसन प्रयोग गरिरहेको अवस्थामा रङगेहात पक्राउ गरिसकेका छन् । समाजलाई प्रत्यक्ष असर पार्ने विभिन्न अपराधिक गतिविधि नियन्त्रण गर्न आफू २४ सै घण्टा खटिने उनको भनाई छ ।

एकै स्थानबाट सर्वसाधारण जनतालाई सुरक्षा दिन नसकिने भएकाले विभिन्न स्थानमा अस्थाई प्रहरी विट स्थापना गर्न लागिएको प्रहरी निरिक्षक केसी बताए । शान्तिनगरको रगैंजामा अस्थाई प्रहरी विट स्थापना गरिसकेको र अव अन्य स्थानमा पनि प्रहरी विट स्थापना गर्ने काम उनले बताए ।

पश्चिमदाङको माथिल्लो हाईवे सडक खण्डमा अस्थाई प्रहरी विट नभएकाले ३ स्थानमा अस्थाई प्रहरी विट स्थापना गर्न थालेको प्रहरी निरिक्षक केसीको भनाई छ । ‘तुलसीपुर – खिलतपुर माथिल्लो सडक खण्डमा प्रहरी विट नहुँदा जनताले सुरक्षाको अनुभव गर्न नपाएको महसुस भयो’, प्रहरी निरिक्षक केसीले भने, ‘ प्रत्येक सर्वसाधारण जनताले सुरक्षा पाउनु पर्छ, त्यसैले ३ स्थानमा अस्थाई प्रहरी विट स्थापना गर्ने योजना बनाएका छु’ । विभिन्न अपराधिक घटना पनि घट्ने सम्भावना देखिएकाले माथिल्लो बाटाको खिलतपुर चौक, बाघमारे र घट्टे खोलामा अस्थाई प्रहरी विट स्थापना हुन लागेको हो ।

‘खिलतपुरमा विट आइसकेको छ, त्यसलाई रङरोगन गर्न थालेकाले अवको केही दिनमा सो स्थानमा २ जना प्रहरी खटाईने छ’, उनले भने, ‘बाघमारे र घट्टे खोलामा केही दिनपछि सुरु हुनेछ, अव माथिल्लो बाटोमा पनि सुरक्षा दृष्टिकोणले कुनै खतरा हुने छैन्’ ।