२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सरकार र डाक्टर केसीबीचको सम्झौता उल्लंघन नहोस् : कांग्रेस

नेपाली कांग्रेसले सरकार र चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर अनशनमा बसेका डाक्टर गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई कांग्रेस स्वागत गर्दछ।’ डा केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुवातदेखि नै पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘जुम्ला अनसनपछि काठमाडौं आइपुग्दा दुर्वव्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाएर सहमतिमा पुगेको छ।’

सहमति हुनु सकारात्मक कुरा भएको उल्लेख गर्दै सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्न कांग्रेसले अपिल गरेको छ।