२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

जिल्ला प्रशासन कार्यालय दाङ असोज ३० गतेसम्म बन्द

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।

कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परिक्षणका लागि स्वाव संकलन गरि पठाइएकाले असोजको २५ गतेदेखि असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अम्मरराज आचार्यले आइतवार सूचना प्रकाशित गरि असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् ।

बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्धा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।