२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

कर्णालीका मुख्यमन्‍त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ ।

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।