२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मर्मतको पर्खाइमा विकट बस्तीका मोटरबाटो

दाङका बिकट बस्तीका मोटरबाटो अझै मर्मत हुन सकेका छैनन् । केही स्थानका मोटरबाटो मर्मत सुरु भएपनि प्राय स्थानका मोटरबाटो मर्मत हुन सकेका छैनन् ।

बर्षामौषम सकिएको लामो समय भएपनि अझै मोटरबाटो मर्मत नहुदा विकट बस्तीका स्थानियले सास्ती व्यहोर्नु परेको छ । पश्चिदाङका बबई, शान्तिनगर र दंगिशरण थुप्रै विकट बस्तीमा सञ्चालन हुने मोटरबाटो रहेका छन् । पश्चिमदाङका विभिन्न विकट बस्तीका मोटरबाटा बर्षामौषमले विगारेको छ । बर्षामौषममा मोटरबाटो बन्द हुने र हिउँदबाट मात्र मोटरबाटो मर्मत भएपछि मोटर सुचारु हुने गर्दछन् । मोटरबाटो समयमैमा मर्मत गर्न सरोकारवाल निकायले ढिला सुस्ती गर्दा स्थानियबासीले समस्या व्यहोर्नु परेको छ ।

बबई गाउँपालिकाको वडा नं. १ को जौबारी गंगते मोटरबाटो, वडा नं १ कै कप्ताने सिमलकुना, वडा नं. ७ को ढोलपुर –मलई, कृष्णपुर – सिमलकुना, वडा नं. ५ को जलुके – हुरुम जस्ता विकट बस्तीमा मोटर सञ्चालन हुन सकेको छैन् ।

शान्तिनगर १ विभिन्न विकट पहाडी बस्तीका मोटरबाटो सञ्चालन भएको छैन् । यस्तै दंगिशरण गाउँपालिका वडा नं. १ बाँकी –फुर्केसल्ली मोटरबाटो मर्मत हुन नसकेको पाइएको छ ।

दशै नजिकिदै गर्दा सरोकारवाला निकायले विकट बस्ती मोटरबाटा मर्मतमा ध्यान नदिदा स्थानियबासी प्रत्यक्ष असरमा परेका छन् । यातायातका साधन नचल्दा दशैमा आवश्यक खाद्यान्न तथा अन्य सामान बजारबाट लिन समस्या परेको बबई गाउँपालिका वडा नं. ७ मलईकी एक व्यापारीले नन्दा खड्काले बताईन । मोटरबाटो मर्मत गरेपछि दशैमा आवश्यक सामान लिने सोच गरेको तर अझै मोटरबाटो मर्मत हुन नसकेको खड्काले बताईन् । ‘गाडीमा सामान लिने मोटरबाटो बनेको छैन्’, खड्काले भनिन् – ‘घोडामा ढुवानी गरौँ भने सामान लिन सम्भव छैन, सरोकारवाला निकायले वेलैमा सोचिदिए राम्रो हुने थियो । ’

बबई १ कप्तानेका बेल कुमार मगरले आफ्नो गाउँमा राम्रोसंग मोटर चल्ने दिन कहिलै नआएको बताए । बर्षामौषममा बबई नदिका कारण समस्या हुने र अन्य समयमा मोटरबाटो स्तरोन्नती नहुदा हिउँद तथा गर्मी समयमा पनि नियमित मोटर नचल्ने उनले बताए । जौबारी – गंगटे मोटरबाटोको मर्मत काम भने सुरु भएको खवर प्राप्त भएको छ ।

यता बबई गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष महाबिर चौधरीले भोलीबाट ढोलपुर देखि मलई जोड्ने मोटबाटो मर्मतको काम भोलीदेखि सुरु गरिने जानकारी दिए । गंगटेको मोटरबाटो मर्मत गर्न डोजर गएकाले केहि ढिला भएको र भोलीबाट मर्मतको कार्य सुरु गरिने वडा अध्यक्ष चौधरीले बताए ।

शान्तिनगर तथा दंगिशरणका विकट बस्ती पनि दशैसम्म चल्ने वा नचल्ने निश्चित छैन । यी गाउँपालिका विकट बस्तीका स्थानियहरु दशै अगाडि मोटर चढेर बजार गई दशैमा आवश्यक सामान किन्ने आशा राखेका छन् । जिल्लाका बिकट बस्तीका बर्षामौषमा विग्रेका मोटरबाटो सरोकारवाला निकायले जतिसक्दो चादो मर्मत गरी स्थानियलाई यातायातको सेवा दिन आवश्यक छ ।