२०७८ मङ्सिर ७ गते मङ्गलवार
२०७८ मङ्सिर ७ गते मङ्गलवार

घोराहीका विद्यालय २० दिन बन्द हुने

उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द हुने भएको छ ।

कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सम्म सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

नगरका कार्यबहाक प्रमुख श्री भरतमणि अर्यालको अध्यक्षतामा आज बसेको शिक्षा समितिको बैठकले आगामी कार्तिक १५ गते सम्म विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई भने निरन्तरता दिने निर्णय उपमहानगरले गरेको छ ।