२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानको शंखमुलमा नेपालकै ठुलो शंखसहितको पार्क निर्माण

सल्यानको छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित शंखमुलमा नेपालकै सबैभन्दा ठूलो शंख सहितको पार्क निर्माणको कामले तिब्रता लिएको छ ।

गाउँपालिकाले आफ्नै बजेट मार्फत टेन्डर आव्हान गरेको थियो र अहिले उक्त पार्कको काम धमाधम भैराखेको छ।

श्री स्वस्थानी ब्रतकथामा आधारित सतिदेबिका बाकी रहेका सम्पुर्ण अंगहरु छायाछेत्रमा पतन भैसकेपछी महादेबले अहिले पार्क बन्नलागेको ठाउमा रहेको मुलमा नुहाएर कैलास पर्बत गएको धार्मिक बिश्वास रहेको छ।

पार्क निर्माणको काम चाडै सम्पन्न हुने गाउँपालिका अध्यक्ष सन्तोष केसि र उक्त कामको जिम्मा लगेका निर्माण ब्यबसायी डिल्ली केसि र अरबिन्द कुमार राएले जानकारी दिनु भएकोछ। शारदा नदिको किनारमा निर्माण भैराखेको शंख राप्ती राजमार्गबाट समेत देख्न सकिने छ। शंख र पार्कको डिजाइन इन्जिनियर लोकेन्द्र बुढाले गरेका हुन।