२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

coro

दाङमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको नमूना जाँचमा ३५ जना पुरुष र १८ जना महिला गरि ५३ जनामा सोमबार कोरोनासंक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराही उपमहानगरका १५ जना पुरुष र १२ जना महिला गरि २७ जना, तुलसीपुरमा १८ महिने बालिकासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ११ जना पुरुष र ६ जना महिला छन ।

बबई गाउँपालिकाका ६ जना पुरुष, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा एक–एक जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

सोमबार थपिएका ५३ जनासहित दाङमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९ पुगेको छ । ति मध्य एक हजार एक सय ३८ जना कोरोना मुक्त भएका छन् ।