२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

प्रदेश सांसद चौधरीलाई कोरोना संक्रमण पुष्टि

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ ।

बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यही गरिएको पिसिआर परीक्षणका क्रममा गएराति संक्रमण पुष्टि भएको हो ।

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति समेत रहेका चौधरीलाई सुगर र निमिनियाको समस्या देखिएपछि आइतवार राति भेरी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
प्रदेश सांसद चौधरीको स्वास्थ्यमा मंगलवार क्रमिक रुपमा सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

चौधरीका चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमन पुष्टि भएपछि यो भन्दा अगाडि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा सांसद चौधरीको रिपोर्ट नेगेटिभ आएको थियो ।