२०७९ जेष्ठ ४ गते बुधवार
२०७९ जेष्ठ ४ गते बुधवार

नेपालगन्ज उपमहानगरकी उपमेयरलाई कोरोना संक्रमण

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी दिईन ।

उपमेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै होम आइसोलेसनमै बसेको जानकारी गराइन । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षीतका साथ घरमै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनकालागि आग्रह गरेकी छिन ।

उपमेयर थापामगर बाँकेमा शुरु देखिनै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन ।