२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बंगलाचुलीमा अनिश्चितकालका लागि पठनपाठन स्थगित

बंगलाचुली गाउँपालिकामा विद्यालयमा भइरहेको प्रत्यक्ष शिक्षण सिकाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

मंगलाबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोरोनाको जोखिम रहेको भन्दै अर्को सूचना नआउदासम्म शिक्षण सिकाई स्थगित गर्ने निर्णय गरेको हो ।

तर विद्यालय प्रशासन भने खुला रहने भएको शिक्षा अधिकृत ओमप्रकाश केसीले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।