२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

नहरबाट मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सयारी गाउँपालिका–१ नागथानका वर्ष ४० वर्षीय कृष्ण बहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।