२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

बंगलाचुलीमा विकासे काममा डोजर र स्काभेटर प्रयोग नहुने

दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिमार्फत स्थानीयहरुलाई श्रममालगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिनुभयो ।

श्रममा आधारित योजनाले कोरोनाका कारण गाउँघरमा रहेका वेरोजगार जनशक्तिले रोजगार पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताउनुभयो ।

अब बंगलाचुलीकाका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटर बिनै काम गर्नु पर्नेछ । जसका लागि गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि प्रशिक्षण थालेको छ ।

गाउँपालिकाले मंगलबार वडा नंम्वर १ देखि ६ नम्बर वडा सम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारित योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको छ ।