२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आइपिए : हैदराबादमाथि चेन्नाईको २० रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार दुबाईमा भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।

१६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए ।

असअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।