२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

हापुरेमा नागरीक सहायता कक्ष सुभारम्भ

पश्चिदाङको हापुरेमा नागरीक सहायता कक्ष आजदेखि सुभारम्भ गरिएको छ ।

नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावलीमा र छठ पर्व अवधीमा सवारी साधन र यात्रुहरुको चापलाई मध्ये नजर राखी यात्रुहरुलाई पर्न जाने पिरमर्का र गुनासो सुनुवाई गर्न आज एक कार्यक्रमका विच नागरीक सहायता कक्ष सुभारम्भ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हापुरेका ईञ्चार्ज कृष्ण खड्काको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय खिलतपुरका ट्राफिक प्रहरी खिलतपुरका प्रमुख थल बहादुर रेउलेको उपस्थितिमा भएको नागरीक सहायता कक्ष सुभारम्भ कार्यक्रलममा बिभिन्न यातायात व्यवसाय प्रालीका कर्मचारी, सवारी चालक तथा सह –चालकहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा यात्रुृमैत्री सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो । सवारी चालक तथा सवारी धनीहरुलाई यात्रु मैत्रि व्यवहार, सुरक्षित सडक प्रयोग गर्न, क्षमता भन्दा बढि यात्रु तथा मालसामन बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न र बाट बच्नको लागी अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डको पालना बारेमा जानकारी समेत गराइएको थियो ।