घोराही उपमहानगरपालिका वडा नं. १३ का अध्यक्षलाई कोरोना भाइरसको संक्रमण भएपछि एक साता वडा कार्यालय बन्द गरिएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा वडा अध्यक्ष रविलाल घर्तीमगरलाई मंगलवार कोरोना संक्रमण देखिएको हो ।
कार्यबहाक वडा अध्यक्ष पबित्रा विकको अध्यक्षतामा बुधवार बसेको बैठकले कार्तिक ४ गतेसम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
साथै यस विचमा अध्यक्षको सम्पर्कमा रहेका जनप्रतिनिधि एवं कर्मचारीहरुले समेत पिसिआर परिक्षण गर्ने निर्णय भएको छ ।