२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कार्तिक ६ गते सम्म कोहलपुर नगरपालिका सिल

कोरोना संक्रमणको कारण देखाउदै कोहलपुर नगरपालिका सिल भएको छ ।

कोहलपुर नगर कार्यपालिकाले बुधबार एक सुचना जारी गर्दै असोज २८ गते देखि कार्तिक ६ गते सम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले जारी गरेको गरेको सुचनामा कोभिड संक्रमण दिनप्रतिदिन बढी रहेको र कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएकोले कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक कोहलपुर नगरपालिका, नगर कार्यपालिका, सम्पुर्ण वडा कार्यालय र विषयगत शाखाहरु शिल गरिएको उल्लेख गरिएको छ ।