२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार

सांकेतिक तस्वीर ।

तुलसीपुरमा खुकुरी प्रहारबाट एक युवक घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ मासुमार्केट निबासी २० बर्षका रफि कुरेसी रहेका छन् । उनको कम्बर र बायाँ हातको औलामा काटिएको छ । घाईते कुरेसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

घटनामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २२ बर्षका लक्ष्मी भण्डारी फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।