२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

तुलसीपुर खानेपानी कार्तिक ४ गतेसम्म सिल

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण संक्रमण देखिएपछि सिल गरिएको छ ।

संस्थाको भल्भ चौकीदारमा कार्यरत कर्मचारीमा कोरोना देखीएपछि कार्यालयलाई आगामी कात्तिक ४ गते सम्म सिल गरिएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् ।

कार्यालयबाट प्रवाह गरिने नियमित पानी वितरणको सेवा बाहेक अन्य सवै कामकाज बन्द गरिने भएको हो ।