२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा ३ युवक पक्राउ

दाङको तुलसीपुरमा सामुहिक बलात्कार आरोपमा ३ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर –७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर –५ रानीजरुवा निबासी १८ बर्षका बिष्णु बुढाथोकी र प्रगतिनगर टोल निबासी २० बर्षका प्रकाश वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

तुलसीपुरकी १७ बर्षीया युवतिलाई डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे बलात्कार गरेको भन्दै प्रहरीमा २६ गते जाहेरी परेको थियो ।

पक्राउ परेका आरोपीलाई सामुहिक बलात्कार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।