२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लुम्बिनी प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी माग

स्थापनापछि पहिलो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ ।

आयोगले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ ।

त्यस्तै इन्जिनियरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको छ । इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनियरलगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सूर्यप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले दोब्बर दस्तुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् ।