२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

संक्रमितको संख्या १ लाख १७ हजार नाघ्यो, ८० हजार बढी डिस्चार्ज

पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ३ सहित नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बुधबार १४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ।

बुधबार २१ सय ७४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।