२०७७ माघ ८ गते बिहिवार
२०७७ माघ ८ गते बिहिवार

टिकटकमा चर्चा बटुल्दै बबईका झलनाथ र सल्यानकी बिपना

आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै ठूलो जमात छ जो आफुलाई सबै माझ पुर्याउन तल्लिन छ । केही आफ्नो क्षमता प्रस्तुत गरेर सबै माझ चिनिएका छन त केही उछृङ्खलता प्रस्तुत गरेर पनि भाइरल भैरहेका हुन्छन । टिकटकमा सर्वाधिक रुचाइएर स्टार बन्ने दौडमा रहेका कत्ती टिकटक कलाकारहरु पनि अहिले कलाक्षेत्रमा प्रसस्तै देख्न सकिन्छ ।

यस्तै टिकटकमा आफ्ना छुट्टै खालका भिडियो सामाग्री प्रस्तुत गरेर सर्वाधिक चर्चा बटुल्ने क्रममा रहेका व्यक्ति हुन झलनाथ खत्री र बिपना केसीको जोडी । यो जोडीले हेर्दा सामान्य र सबैले जानेको अनि अनुभव गरिसकेको विषयबस्तुलाई टपक्क टिपेर उत्कृष्ट र मौलिक ढंगले टिकटक भिडियोहरु निर्माण गर्दै आएका छन । उनका साना साना भिडियो क्लिपहरुमा यथार्थता लुकेको हुन्छ । दुइ प्रेम जोडीहरुको माया प्रेमलाई यथार्थपरक र पुरानो शैलीमा प्रस्तुत गरिएका उनका भिडियोहरु अहिले निकै चर्चामा छन ।

बिपना केसीको टिकटक प्रोफाइल :
https://www.tiktok.com/@bipoonaxettri?lang=en

झलनाथ खत्रीको टिकटक प्रोफाइल :
https://www.tiktok.com/@its.khatri.bhai1?lang=en

पछिल्लो समय उनिहरुका भिडियो हरुलाई सबैले मन पराएर फेसबूकमा पनि सेयर गर्नेगरेका छन् । नेपालका चर्चित गायक नारायण रायमाझी, पत्रकार दिल निशानी मगर, शिशिर भण्डारी लगायतले उनको भिडियोहरु सेयर गर्दै थियटरमा प्रस्तुत हुने खालको कला प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । अहिले विभिन्न सामाजिक संजालमा उनिहरुका भिडियो हेर्नेहरुबाट सकारात्मक टिप्पणी र हौसाला प्रदान भैरहेका छन् ।

दाङको बबई गाउँपालिका वडा नम्बर ३ को एउटा सामान्य परिवारमा जन्मिएका झलनाथ र सल्यान जिल्लामा जन्मिएकी बिपना केसी कलाकारिता आफ्नो रुचिको क्षेत्र रहेको र निकट भविष्यमा आफुहरु यस क्षेत्रमै स्थापित हुन चाहेको बताउछन । हामि पनि उनीहरुको कला र क्षमताको सम्मान गर्दछौं र उज्ज्वल भविष्यको पनि कामना गर्दछौं ।