२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सांसद शंकर गिरीलाई पनि कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शंकर गिरीलाई पनि कोरोना संक्रमन पुष्टि भएको छ ।

दाङबाट बाँकेस्थित भेरी अस्पतालमा गिरिएको पिसिआर परीक्षणमा सांसद गिरीलाई कोरोना पोजेटिभ देखिएको हो ।
सांसद गिरीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनी होम आइसोलेसनमा बस्दै आएका छन् ।

यसअघि नै लुम्बिनी प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीलाई पनि संक्रमन पुष्टि भएको थियो । उनी हाल बाँकेस्थित भेरी अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यपनि क्रमिक रुपमा सुधार उन्मुख रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कुष्णी थारु, कानुन मन्त्री कुलबहादुर केसीलाई कोरोना संक्रमन पुष्टि भइसकेको छ ।

राजधानी घोषणा सभामा सहभागि उनीहरुलाई एकबाट अर्कोमा संक्रमन फैलिएको अनुमान गरिएको छ ।