सांकेतिक तस्वीर ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ ।
असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
गौतमका अनुसार उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेकी ती महिलालाई कोरोनाकै कारण निमोनिया भएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।