२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट हुदा ११ जना घाइते

काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट हुदा ११ जना घाइते भएका छन् ।

उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ । विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।