२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

राप्तीका विद्यालय कार्तिक १५ गते सम्म बन्द

राप्ती गाउँपालिका विद्यालय कार्तिक १ गते देखि १५ गते सम्म बन्द हुने भएको छ ।

कोरोना माहामारी बिच विद्यार्थी सिकाई सहजीकरण सन्चालन गरेको राप्ती गाउँपालिकाले कोरोनाको जोखिम बढ्नुको साथै नजिकिदै गरेको चाडपर्वलाई मध्येनजर गदै कात्तिक १ गते देखी १५ गते सम्म सम्पुर्ण बिद्यालयहरुमा विदा दिने शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

 

बैकल्पिक शिक्षा अन्र्तगत गाउँपालिकाले गएको असोज ११ गते देखी बिद्यार्थी सिकाई सहजीकरण मार्फत पठनपाठन सन्चालन गरीरहेको छ ।

तर गाउँपालिकाको वडा स्तरमै कोरोना संक्रमण फैलिएको अवस्था र नजिकिदै गरेको चाडपर्वको सन्दर्भ भएकाले कोजाग्रत पुर्णिमा सम्म सम्पुर्ण बिद्यालयमा विदा दिने निर्णय भएको शिक्षा शाखा अधिकृत विकले जानकारी दिएका छन् ।