२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा थपिए २२ जना कोरोना संक्रमित

तुलसीपुरका थप २२ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुर १ का ३ जना, ४ का १ जना, ५ का ४ जना, ६ का ८ जना, ८ र ९ का २÷२ जना, १६ र १९ का १र१ जना रहेका छन् ।

आज संक्रमित हुनेमा उपमहानगरपालिकाका कर्मचारी, शिक्षक, तथा अन्य व्यक्तिहरु रहेको तुलसीपुरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३६७ जना पुगेको छ भने सक्रिय संक्रमित १४२ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुनु भई २२६ जना घर फर्किएका छन् । साथै ५ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।