२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

अहिले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन थापाले आग्रह गरेका छन् । अहिले थापा होम आइसोलेसनमै बसेका छन् ।