२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दुई सय ९ जना लाई निःशुल्क उपचार

पश्चिमदाङको भाङाबारीमा भएको स्वास्थ्य शिविरमा २०९ जनालाई निःशुल्क उपचार गरिएको छ ।

बबई गाउँपालिकाको आयोजना तथा हापुरे स्थित मातामनकामना पोलिक्निकको प्राविधिक सहयोगमा बबई १ भााङाबारीमा निःशुल्क उपचार गरिएको हो ।

सो अवसरमा हाडजोर्नि तथा नशा रोग, बाल रोग, मुटु, छाती तथा पेट सम्वन्धि, छाला, यौन तथा प्रजनन रोग, स्त्री रोगको निशुल्क उपचार भएको बताइएको छ । साथै नाक, कान, घाटी, पिस्टुला सम्बन्धि परामर्श दिइएको थियो ।

स्वास्थ्य शिविरमा डाक्टर राजिब झासहित अन्य विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुले विरामीलाई उपचार गराएका थिए ।