२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

कोरोना विशेष अस्पतालमा तिलोत्तमाका एक संक्रमितको मृत्यु

रुपन्देहीको तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा २ का ६७ वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

४ दिन आईसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।