२०७८ भाद्र १८ गते शुक्रवार
२०७८ भाद्र १८ गते शुक्रवार

ईन्टर दाङ टि २० क्रीकेटको उपाधी त्रिसिद्धेश्वरीले चुम्यो

ईन्टर दाङ टि– २० क्रीकेट २०७७ को उपाधी त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ ।

हेल्पिङ सौल दाङको आयोजन मा महेन्द्र मावि खेल मैदान तुलसीपु मा बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पाखा लगाउदै त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधी उचालेको हो । उपाधीसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक आभाष बुढाथोकीले जानकारी दिए । उता फाईनलमा पराजित ज्ञान ज्योती नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्रमा चित्त बुझाउँदै उपबिजेतामा सिमित रह्यो ।

टस जितेर ब्याटिङ रोजेको त्रिसिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो । जसमा त्रिसिद्धेश्वरीका युबराज ओलि र भरत ओलिले समान १७, १७ रनको योगदान दिएका थिए । बलिङ तर्फ ज्ञान ज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए, भने कमल ओलिले २ विकेट लिए १ प्रतिउत्तरमा ७८ रन को बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो । जसमा प्रबिन अधिकारी ले १९ रन बनाए ।

बलिङ तर्फ संकर बुढाले सर्वाधिक ४ विकेट लिए, भने स्माईल अन्सारी र सन्दिप डाँगि समान २, २ तथा तिलक पौडेल र करण सार्किले समान १/१ विकेट लिएका थिए । म्यान अफ द फाईनल त्रिसिद्धेश्वरीका संकर बुढा भए । कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो, भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो १ प्रतियोगितामा अम्पायरको भुमिकामा नवराज केसि, सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहेका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको थियो । सो अबसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिसिद्धेश्वरीका संकर बुढा, बेस्ट ब्याट्सम्यान, त्रिसिद्धेश्वरीकै करण सार्की, बेस्ट बलर, बेस्ट फिल्डर त्रीशिदेश्वर का भरत ओलि, सिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टका कमल चौधरि र फेयर प्लेय टिम वडा नं. ७ घोषित भयो ।

हेल्पिङ सौलका आईडिभिसिसी सनम ओलिले संचालन गरेको समापन समारोहमा धन्यवाद ज्ञापन प्रतियोगिताका सह–संयोजक राजिव पौडेलले गरेका थिए ।