२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

पश्चिम दाङको खिलतपुरमा एक पुरुषको शव फेला

पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बबई १ खिलतपुर निवासी ३७ बर्षिय गणेश केसी खिलतपुर चौकदेखि करिब २ सय मिटर नजिक नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरिक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

मृतक केसीले डिप्रेसनको औषधी खाने र मापसे सेवन गर्ने गरेको स्थानियले बताएको प्रहरी निरिक्षक केसीले जानकारी दिए ।

मृतकको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाने तयारी गरिएको छ ।