२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु

सांकेतिक तस्वीर ।

दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ति निवासी १८ बर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

हिजो राति छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।

घर्ती परिवारले चोरको आरोप लगाएपछि उनकौ घरमा आएका चौधरीलाई बाबु छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिटि भएको प्रहरीले जनाएको छ । रक्ताम्य हुँदै घर गएका चौधरीको अत्यधिक रक्तश्रावाका कारण मृत्यु भएको प्रहरीले जनाएको हो ।

घटनामा संलग्न बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।