२०८१ कार्तिक २३ गते शुक्रवार
२०८१ कार्तिक २३ गते शुक्रवार

दाङमा चाडपर्वलक्षित सुरक्षा योजनामा १००९ सुरक्षाकर्मी परिचालन

दाङमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर शुक्रवारदेखि नै सुरक्षा योजना लागु गरिएको जानकारी दिएको हो ।

बडादशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरी दाङमा विशेष सुरक्षा योजना लागु गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ विभिन्न २ सय ८२ युनिटमा एक हजार ९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दाङमा पर्वविशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, एउटा रिजर्भ फोर्स, १० वटा मोवाइल गस्ती, ५० वटा क्यूआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिकसहितको चेकिङ, ८ वटा एम्वुसिङ तथा सरप्राइज चेकिङ, ८ वटा सादा पोशाक , यात्रु सहायता कक्ष ७ वटा, राजमार्गमा हतियारसहित स्कर्टिङ तथा क्रस पेट्रोलिङ ५ वटा, भिभिआइपी, भिआइपी सुरक्षा १०, र कार्यालय सुरक्षा तथा रिजर्भ ६६ वटा गरी २ सय ८२ युनिट तयार गरिएको छ ।

जसमा १ हजार ९ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको एसपी चन्दले जानकारी दिनुभयो ।