शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति माध्यमिक विद्यालय धनौरीले लामो समय पछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ ।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा सहित टिमको अवधि सकिएपछि राजनितिक दलहरु आ–आफ्ना प्यानलका अध्यक्ष बनाउने होडबाजिमा लागेका थिए ।
नेकपा र नेपाली काङग्रेसले आ–आफ्नो प्यानलको अध्यक्ष दावी गर्दा व्यवस्थापन समितको अध्यक्ष विहिन रहेको विद्यालयले लामो समयपछि सवै राजनितिक दलको सहकार्यमा तिलकराम भण्डारीलाई अध्यक्षमा चयन गरिएको छ । अध्यक्षको दावी गरेको नेपाली काङग्रेसले विद्यालयमा राजनिति किचलो गर्नुहुदैन भन्ने उद्येश्यले नेकपाका भण्डारीलाई अध्यक्षका लागि सहमति जनाएको बताइएको छ ।
यस अघि नै विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन भइसकेको र अध्यक्ष पदमा मात्र सहमति जुट्न सकेको थिएन् । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा निमलाल चौधरी, लक्ष्मी चौधरी, राधिका डाँगी, भुमा सुनार, सेती शर्मा चयन भइसकेका थिए ।
यस्तै शिक्षक प्रनितिधमा खुमानन्द पौडेल, सदस्य सचिवमा विद्यालयमा प्रधानाध्यापक ठुमराज लामिछाने र पदेन सदस्यमा वडा अध्यक्ष पिमलाल वलीलाई चयन गरिएको विद्यालयका कम्प्युटर अपरेटर खोप बहादुर बुढाथोकीले जानकारी दिएका छन् ।