सांकेतिक तस्वीर ।
सल्यानमा दाउरा प्रहारबाट एकजनाको हत्या भएको छ ।
बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० वर्षीय देवीलाल पुनले २४ वर्षीय अमर पुनको हत्या गरको प्रहरीले जनाएको हो । उनीहरु दुवैबीचको नाता दाइभाइको हो ।
भाइले दाइको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेर झगडा हुँदा दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको बुझिएको छ । बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अवस्थामा शुक्रबार भेटिएको हो ।
घटनाको थप वितरणका बारेमा खोजि भइरहेको सल्यान प्रहरी प्रमुख, डिएसपी गोबिन्द थापाले जानकारी दिए ।