२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

शान्तिदिप ब्याटमिन्टन कोर्टको उदघाटन

तुलसीपुर उपमहानगरपालिका वडा नंं. ८ मा निर्माण गरिएको शान्तिदिप ब्याटमिन्टन कोर्टको आज एक कार्यक्रमका विच उदघाटन गरिएको छ ।

निर्माण समितिका अध्यक्षता जगत बहादुर शाहको अध्यक्षता एवम वडा नं. ८ का वडाअध्यक्ष बेद बहादुर केसीको प्रमुख आतिथ्यमा ब्याटमिन्टन कोर्टको उदघाटन गरिएको हो । ब्याटमिन्टन कोर्टको उदघाटन कार्यक्रममा
दाङ जिल्ला ब्याटमिन्टन सङ्गका सचीव लाल बहादुर केसी, नबदुर्गा सामुदायिक बनका अध्यक्ष केसब सापकोटा , अमृतपुर खानेपानी सस्थाका कोषाध्यक्ष जित बहादुर खडका, अमृतपुर खानेपानीका सचीव दशरथ वलि, तेक्वान्दोका रास्ट्रिय खेलाडी भिम बहादुर बि.क., समाजसेवी तथा सहयोगदाता कल्याण भन्डारी, देबराज कडेल लगायतले बोलेका थिए ।

कोर्टका संरक्षक तथा शान्तिदिप इङलिस बोर्डिङ स्कुलका प्राचार्य गोबिन्द बहादुर शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्राचार्य तथा निर्माण समितका सचिव नारायण भट्टराईले गरेका थिए ।

शान्तिदिप ब्याटमिन्टन कोर्ट करिब १५ लाखमा निर्माण भएको हो । ब्याटमिन्टन खेल खेल्न खेलाडीलाई कोर्ट अभावमा समस्या भएकाले कोर्ट बनाउन शान्तिदिप विद्यालयले जग्गा प्रदान गरेको थियो ।

कोर्ट निर्माणमा तृुलसीपुर उपमहानगरपालिकाले टिन सहयोग, ब्यबसायी धनेश्वर ववलीको विशेष सहयोग रहेको थियो । यस्तै खेलाडी, समाजसेवी , खेलप्रेमी सबैको आर्थिक सहयोग, सामाग्री सहयोगले निर्माण सम्पन्न भएको निर्माण समितिका सचीव नारायण भट्टराईले जानकारी दिए ।

कोर्ट निर्माणमा लागेको आय व्यय केही दिन पछि मिडिया मार्फत प्रस्तुत गरिने सचिव भट्टराईले बताए ।