२०७८ भाद्र १९ गते शनिवार
२०७८ भाद्र १९ गते शनिवार

राप्ती नदी घाटमा एक पुरुषको शव फेला

सांकेतिक तस्वीर ।

दाङको लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब भेटिएको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको विच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

ती पुरुषको गोजिमा विधुतको बिल तिरेको कागजको आधारमा शिबराज नगरपालिका वडा नम्बर २ हल्लानगरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ, तर त्यो बारेमा प्रहरीले अनुशन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

शबलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।