फाइल तस्वीर ।
प्युठानमा भिरबाट खसेर एक जना व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको प्युठान नगरपालिका वडा नं ९ ददेरीका ३६ वर्षीय विष्णुबहादुर खत्रीको सोही ठाउँको खानीखोला भिरबाट झण्डै एक सय ५० मिटर तल खस्दा मृत्यु भएको हो ।
शुक्रवार बिहान ८ बजे मृत अवस्थामा खत्री भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो ।
मृत अवस्थामा भेटिनुभएका खत्री विहिवार भाईको घरमा मृत्यु संस्कारमा गई राती घरमा फर्र्किएको बुझिएको प्रहरीले जनाएको छ ।
तर खत्री राती घरमा नगएपछि परिवारले शुक्रवार बिहान खोज्ने क्रममा मृत अवस्थामा भेटेको थियो ।