फाइल तस्वीर ।
गुल्मीको मदाने गाउँपालिका ७ भनभनेस्थित टिमुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीय नेत्रबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
टिमुरखर्कबाट गिट्टी लगेर जाँदै गरेको लु ३ त ६८९६ नम्वरको ट्याक्टर शुक्रबार बेलुकी अनियन्त्रित भई दुर्घटना भएको उनले बताए। दुर्घटनामा घाइते घर्तीको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो।