२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो, ७२७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।