२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विश्व भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा

सांकेतिक तस्वीर ।

विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ ।

सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं स्थानमा छन् ।

गत दुई बर्षमा नेपालमा भोकमरीको अवस्थामा उलेख्य सुधार आएको सो प्रतिवेदनमा उल्लेख छ । अध्ययनले नेपालमा गरिबीको दर कम भएको तर सामाजिक र आर्थिक विभेदको चुनौती भने कायम नै रहेको उल्लेख गरिएको छ ।

नेपालले वाल मृत्युदर र पोषणमा उल्लेख्य बृद्धि गरेको समेत सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा नेपालले भिटामिन ए को कार्यक्रममा राम्रो सुधार गरेको उल्लेख गरिएको छ ।